बेपत्ता भाइसँग चार दशकपछि सम्पर्क हुँदा…


४ चैत्र २०७९, शनिबार
399 Shares
mobile
सांकेतिक तस्वीर

कञ्चनपुर । परिवारबाट सम्पर्कविहीन भएको चार दशकपछि कुनै व्यक्ति सम्पर्कमा आयोभन्दा पत्यार नलाग्न सक्छ, तर यो यथार्थमा साबित भइदिँदा कञ्चनपुरको महेन्द्रनगरका रामदत्त कलौनीको घरमा खुशीको सीमा छैन ।

पूर्ख्याैली घर बैतडीको दोगडा केदार गाउँपालिकाको रिम भएका परमानन्द कलौनी बेपत्ता भएको चार दशकपछि दाजु रामदत्त कलौनीको सम्पर्कमा आएका छन् । विसं २०३८ पछि परिवारबाट टाढिएका परमानन्द डडेल्धुराको आलितालका हरिसिंह मडैमार्फत महेन्द्रनगरमा रहेका दाजु रामदत्तको सम्पर्कमा आएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘घरबाट २०३८ सालमा निस्कँदा त्यो बेला डडेल्धुरामा सडक बनाउने काममा मजदुरी गथ्र्यो भन्ने सुनिएको थियो’, चार दाजुभाइमध्येका जेठा रामदत्तले भने, ‘माइलो परमानन्द जोगबुढा हुँदै डोटीका स्थानीय युवासित भारत पसेको कुराकानीका क्रममा खुल्यो ।’ बैतडीबाट २०५० सालको सेरोफेरोमा महेन्द्रनगर बसाइँ सरेका रामदत्तले भाइ भेटिनेमा आशा नै मारिसकेका थिए । तर बिहीबार साँझ आलितालका मडैमार्फत बैंग्लोरमै घरजम गरेर बसेका भाइसित टेलिफोन सम्पर्क भएको बताए ।

‘आलितालका कांग्रेस नेता जनक कलौनी र हरि मडै साथी रहछेन्’, उनले भने, ‘मडैजीलाई बैंग्लोरमा डेढ दशकअघि देखि मेरै भाइले जागिर लगाएको रहेछ ।’ बैंग्लोरमा कार्यरत सेक्युरिटी कम्पनीमा परमानन्द ‘प्रेम शर्मा’ का नामले परिचित रहेछन् । ‘परमानन्द र हरिबीच पुख्र्यौली घरका बारेमा कुराकानीका क्रममा मेरो भाइको पत्ता लाग्यो’, खुशीले गद्गद् भएका रामदत्तले भने, ‘यसबीचमा भारतका धेरै ठाउँ तथा काठमाडाँैसम्म खोजे, पत्ता लागेन ।’

jagdamba.cement
rbbbb

भाइसित बिहीबार र शुक्रबार बिहान टेलिफोन कुराकानीपछि बैंग्लोरबाट फोटो समेत पठाइदिएको उनी बताउँछन् । ‘बैंग्लोरमा नयाँ घर बनाइरहेकाले घरको काम सकिएपछि महेन्द्रनगर आउने र पहाड जाने दाजु-भाइको सल्लाह भयो’, रामदत्तले भने, ‘बुबा-आमाको हालखबर सोध्यो, मैले निधन भइसकेको सुनाएँ ।’ मडैसित बैतडीको रिम घर भन्ने परिचय दिएपछि परमानन्दको घरपरिवारसित सम्पर्क हुन पुगेको हो । ‘भाइको घरजम भएर छोरीबाट नातिनी पनि भइसकेछ’, रामदत्तले भने, ‘ज्योतिषकहाँ हेराउन जाँदा पनि जिउँदै छ भन्थे ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७