गृह सचिवसहित सुरक्षा अधिकारीबाट देशको सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृह सचिवलगायत सुरक्षा अधिकारीलाई प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बोलाएर देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
केही बेरअघि प्रधानमन्त्री निवास पुगेका गृह सचिवलगायत सुरक्षा अधिकारीले प्रधानमन्त्री समक्ष देशको सुरक्षाा अवस्तथाबारे ब्रिफ्रिङ गरिरहेका छन् । यस क्रममा प्रधानमन्त्री प्रचण्डले स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन, निर्वाचन शान्तिपूर्ण बनाउन र विश्वविद्यालय÷क्याम्पसहरूमा सहयोगात्मक वातावरण बनाउन गृह सचिव तथा सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् ।