संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा छलफल हुनुपर्छ : एमाले


४ चैत्र २०७९, शनिबार
padam giri
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने बताएका छन् ।

आज (शनिबार) प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले संसदमा पेस भइसकेपछि संसदमा विभिन्न ढंगले विधेयकमा छलफल हुने र संशोधन हुने बताए ।

विधेयकलाई टुंगोमा पुर्‍याउन भने संसदीय समितिमा नै छलफल गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले विधेयकमा अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको भन्दै उनले संसद्बाट हतारका साथ पारित गरेर जान नहुने बताएका छन् ।

प्रमुख सचेतक गिरीले आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली पेस गर्ने सहमति भएको बताए । उनले बैठकमा एमालेले प्रमुख प्रतिपक्षको रुपमा आफूहरुको सिट व्यवस्थापन हुनुपर्ने माग गरेको बताए । सो विषयमा आइतबार साढे १० बजे कांग्रेसले बैठक बसेर यसबारेमा आफ्नो धारणा राख्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा बताएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७