तापक्रम बढेसँगै बाका नदीका लाखौं माछा मरे


४ चैत्र २०७९, शनिबार
pti10092021000069a 1 1045624 1635576681

काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्सको दुर्गम भागमा रहेको मेनिन्डी शहर नजिकको डार्लिङ बाका नदीका लाखौं माछा मरेका छन् । तापक्रम वृद्धिका कारण माछा मरेका न्यु साउथ वेल्सका अधिकारीहरूले बताएका छन् ।

स्थानीय बासिन्दाका अनुसार यति धेरै माछा यसअघि मरेका थिएनन् । अति ताप लहरका कारण माछा मरेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्बिरमा नदीमा पानीभन्दा मरेका माछा देखिन्छन् । पानीको सतह देखिंदैन आँखाले भ्याएसम्मको दृश्यमा मरेका माछा मात्र छन् ।

शुक्रबार बिहान स्थानीय बासिन्दाले लाखौँ मरेका माछा नदीमा देखेको बताएका छन् । तीन वर्षअघि पनि माछा मरेका थिए तर परिमाणात्मक रूपमा त्यो आजको जस्तो थिएन । मानव सिर्जित जलवायु परिवर्तनका कारण ताप लहर लगातार तीव्र हुँदै गएकाले जलचर पनि त्यसको शिकार भएका उनीहरूको अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७