सरकारी विधेयक र विश्वासको मतमा एकढिक्का हुने सत्तारुढ १० दलबीच सहमति


४ चैत्र २०७९, शनिबार
224 Shares
10 party

काठमाडौं । सरकारले संसदमा पेस गर्ने विधेयकमा एकमतका साथ प्रस्तुत हुने सत्ता साझेदार दलहरुले सहमति गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शनिबार) साँझ बसेको सत्तारुढ १० दलका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चैत ६ गते एकमतका साथ विश्वासको मत दिने सहमति गरेको छ ।

आजको बैठकमा बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायतको सहभागिता थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बैठकले भोलि (आइतबार) हुने संसद् बैठकमा गठबन्धनमा रहेका दल एकमत साथ प्रस्तुत हुने सहमतिका साथ निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

राष्ट्रपतिको निर्वाचनमा चुनावअघिको गठबन्धन ब्यूँताउँदै नेपाली कांग्रेससहित ८ दल एक ठाउँमा उभिएपछि नेकपा एमाले सरकारबाट बाहिरिएको थियो। सो आठदलीय गठबन्धन पछिल्लो समय १० दलीय बनेको हो । एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले यही चैत ६ गते पुनः विश्वासको मत लिँदैछन् । यसपछि कांग्रेससहितका दललाई समावेश गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७