वैशाख २३ गते संघीय संसद बैठक, मन्त्रिपरिषदले गर्‍यो यस्ता निर्णय


१४ बैशाख २०७५, शुक्रबार
mantri parisad

काठमाडौं, १४ बैसाख : सरकारले आउँदो बैशाख २३ गते संघीय संसदको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने भएको छ ।mantri

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बैशाख २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले वीरगञ्जस्थित एकीकृत जाँच चौकी हस्तानतरणका लागि राजपत्रमा सूचना प्रकाशित गर्ने, शान्ति सुव्यवस्था कायम गर्न विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने र बैदेशिक रोजगारको न्यायसेवामा रमादेवी पराजुलीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७