कांग्रेस केन्द्रीय वैठक : आफूमाथि लागेका संगीन आरोपको उत्तर दिंदै देउवा


१४ बैशाख २०७५, शुक्रबार
Sher Bahadur Deuwa

काठमाडौं, १४ बैसाख : नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले आज आफूविरूद्ध लागेका संगीन आरोपहरुको खण्डन गर्दै जवाफ दिने भएका छन् । उनले बैठकमा उठेका सवालहरूको जवाफ दिन लागेको स्रोतले जानकारी दिएको छ । निर्वाचन समीक्षाका लागि चैत ९ बाट जारी केन्द्रीय समिति बैठकको आज १२ औं दिन हो ।Sher Bahadur Deuwa

सभापति देउवाकै कारण निर्वाचनमा कांग्रेसले हार व्यहोरेको अधिकांश केन्द्रीय सदस्यको आरोप छ । देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचन हुँदा पनि कांग्रेसको लज्जास्पद हार भएकोले यसको जिम्मा सभापतिले नै लिनुपर्ने उनीहरूको आरोप छ । साथै युवा नेताहरूले चाँडै महासमितिको बैठक डाक्न र विशेष महाधिवेशन बोलाउन समेत माग गरिएको छ ।

पार्टी मुख्यालय सानेपामा बस्ने आजको बैठकको सुरुवातमा नेता विजय गच्छदारले बोल्ने र त्यसपछि त्यसपछि महामन्त्री शाशंक कोइरालाले आफ्नो धारणा प्रस्तुत गर्नेछन् । लगत्तै सभापति देउवाले सबैखाले सवालको जवाफ फर्काउने कार्यतालिका रहेको स्रोतले जनायो । हिजोको बैठकमा पनि गच्छदारले आफ्नो धारणा राखेका थिए तर हिजो समय नपुगेकाले आज पनि गच्छदारले बाँकी धारणा राख्न पाउने भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७