पाँच दिनमा हाल्यान्डको दोस्रो ह्याट्रिक, म्यानचेस्टर सिटी सेमिफाइनलमा


५ चैत्र २०७९, आईतवार
haland

काठमाडौं । इर्लिङ हाल्यान्डले पाँच दिनमा गरेको दोस्रो ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटीले शनिबार एफएकपमा बर्नलीलाई ६–० ले हराएर सेमिफाइनल प्रवेश गरेको छ । हाल्यान्डले यसअघि युरोपेली च्याम्पियन्स लिगमा लाइपजिगविरुद्ध पाँच गोल गरेका थिए ।

यससँगै यो सिजन उनको व्यक्तिगत गोल संख्या सबै प्रतियोगितामा गरेर ४२ पुगेको छ । रुद भान निस्टलरोय र मोहमद सलाहको नाममा रहेको एकै सिजन सर्वाधिक गोलको कीर्तिमानबाट उनी दुई मात्र पछाडि छन् ।

सिटीले च्याम्पियनसिप लिगको शीर्ष स्थानमा रहेको टिममाथि एतिहाडमा प्राप्त यस जितमा जुलियन एल्भारेजले दुई गेल गरे र एक गोल कोल पाल्मरको नाममा रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७