चेल्सीमा एभरटनको बहादुरीपूर्ण बराबरी


५ चैत्र २०७९, आईतवार
chelsea 1

काठमाडौं । एभरटनले इङलिस प्रिमियर लिगमा शनिबार चेल्सीको स्टायनफोर्डमा २–२ को बहादुरीपूर्ण बराबरी निकाल्दै एक बहुमूल्य अंक बटुलेको छ । एलिस सिम्सले खेल सकिन एक मिनेट अगाडि एभरटनका लागि निर्णायक बराबरी गोल गरे ।

यो नतिजापछि एभरटन २६ अंकमा १५ औं स्थानमा रह्यो र उसको रेलिगेसन तनाव कम हुँदैछ । चेल्सी भने ३८ अंकमा दसौं स्थानमा छ । शनिबारका अन्य प्रमुख खेलमा एस्टन भिल्लाले बर्नमाउथलाई ३–० र लिड्सले उल्भ्सलाई ४–२ ले हरायो ।
यस्तै साउथह्याम्पटन र टोटनहमले ३–३ को बराबरी खेले । यो नतिजाले शीर्ष चारमा टोटनहमको चुनौती कमजोर बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७