धुर्मुस–सुन्तली बने १२५ मुसहर बालबालिकाको अभिभावक, कुट्टो बोक्ने हातमा अब किताव


१४ बैशाख २०७५, शुक्रबार
dhurmus

काठमाडौं, १४ बैसाख : कलाकारितामा जस्तै सामाजिक कामबाट समेत देश–विदेशका मानिसको मन जितेका हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) १२५ मुसहर बालबालिकाको अभिभावक बनेका छन् ।

dhurmus
धुर्मुस–सुन्तली फाउण्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे बालबालिकालाई शैक्षिक सामग्राी हस्तान्तरण गर्दै । तस्विर : सामाजिक सञ्जाल

धुर्मुस सुन्तली फाउण्डेसनले अभिभावकत्व ग्रहण गरी मनहर्वा दलित बस्तीका बालबालिका विद्यालय भर्ना भएका हुन् । फाउण्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) मनहर्वा पुगेर शैक्षिक सामाग्री वितरण गरेर विद्यालय बाहिर रहेका मुसहर बालबालिका भर्ना गराएकी हुन् । उक्त बस्तीका धेरै बालबालिका विद्यालय पहुँच बाहिर रहेको जानकारी पाएपछि फाउण्डेसनले उनीहरुको अभिभावकत्व ग्रहण गरेको हो । विगतमा बिद्यालयको मुख नदेखेका महोत्तरीको पश्चिमी भेग फुलकहास्थित गौशाला नगरपालिका–७ मनहर्वा मुसहर बस्तीका बालबालिका अब विद्यालय जाने तयारी गरिरहेका छन् ।

बालबालिका विद्यालय जान पाउने भएपछि दङ्ग भएका छन् । वर्षौदेखि शिक्षाको उज्यालो ज्योतिबाट मनहर्वा मुसहर बस्तीका बालबालिका वञ्चित थिए । महोत्तरीको गौशाला नगरपालिका–७ मनहर्वा मुसहर बस्तीका १० वर्षीय राजकुमार मुसहर सधैं काँधमा कोदालो बोकेर खेततिर हिड्थें । फोहरमैलो लुगा लगाउने उनी खेतको आली–आली चहार्थे । अब उनको दिनचर्या बदलिने भएको छ । उनको हातमा अब कुट्टो होइन किताव हुने भएको छ । गाउँभरीकै १२५ जना विद्यालय जाने उमेरका बालबालिका बस्ती नजिकैको नेपाल राष्ट्रिय जनजाति आधारभूत प्राथमिक विद्यालयमा बिहीबार भर्ना भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७