कर्मचारीले ठाउँ रोज्ने होइन, काम गर्ने हो : मन्त्री पण्डित


१४ बैशाख २०७५, शुक्रबार
lalbabu pandit 1

काठमाडौं, १४ बैसाख : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले कर्मचारी समायोजन सहज विषय नभएकाले रोजेकै ठाउँमा मात्र समायोजन गर्न नसकिने कठिन रहेको बताएका छन् ।lalbabu pandit 1

राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा तोकेको जुनसुकै ठाँउमा पनि जान्छु भनेर शपथ खाएको स्मरण गराउँदै मन्त्री पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कार्वाही गरिने चेतावनी दिए । मन्त्री पण्डितले एक तह बढुवा गरेर समायोजन गर्नुपर्ने कर्मचारीको मागलाई सरकारले पूरा गर्न नसक्ने स्पस्ट पारे ।

निश्चित मापदण्डमा नपरेका कर्मचारीलाई स्वेच्छिक अवकाश नदिइने उनको भनाइ थियो । मन्त्री पण्डितले कर्मचारी समायोजनको काम अन्तिम चरणमा पुगेको भन्दै सरकारले विकास निर्माण र सुशासनलाई प्राथमिकता दिएको बताए । लुम्बिनी प्रेस क्लव भैरहवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको साक्षात्कारमा मन्त्री पण्डितले कर्मचारीले रोजेको ठाउँलाई प्राथमिकता दिए पनि सरकारले खटाएको ठाउँमा उनीहरुले जान्न भन्न नपाउने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७