प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय, सरकारमा जान लचक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सो निर्णय लिएको हो । पार्टी सरकारमा सहभागी हुने विषयमा पनि लचक देखिएको छ ।
अहिलेको परिस्थितिलाई विश्लेषण गर्दै सरकारलाई समर्थन जारी राख्ने निर्णय बैठकले लिएको एक नेताले जानकारी दिए । पार्टीले उठाउँदै आएका मुद्दाहरूलाई प्राथमिकतामा राख्ने शर्तमा सरकारमा जान सक्ने कुरा भएको उनले जानकारी दिएका छन् । यस विषयमा ठोस निर्णय भने लिइएको छैन ।
रास्वपामा सरकारमा अहिले जानु नहुने मत पनि छ । केही नेताहरूले सरकारमा आउने र जाने गरिरहँदा पार्टी अस्थिर देखिने तर्क गर्दै आएका आएका छन् ।