योङ रेडफोर्सका केन्द्रीय अध्यक्ष नै पक्राउ, विप्लवलाई लाग्यो यस्तो धक्का


१४ बैशाख २०७५, शुक्रबार
bip

काठमाडौं, १४ बैसाख : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सहायक संगठन योङ रेड फोर्सका केन्द्रीय अध्यक्ष नै पक्राउ गरेका छन् ।bip

विवस राई भनिने बाबुराम किरातीलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको हो । विभिन्न हिंसात्मक गतिविधिमा संलग्न रहेको अभियोगमा अध्यक्ष राईलाई पक्राउ गरिएको प्रहरी संगठनको उच्च स्रोतले जानकारी दिएको छ । योङ रेड फोर्स नेपालका महासचिव पाटन जङ्गलीले विज्ञप्ति जारी गरेर पक्राउ परेका अध्यक्ष राईलाई तत्काल छाड्न माग गरेका छन् ।
त्यसैगरी प्रहरीले नेकपाको केन्द्रीय सदस्य एवम् काठमाडौं जिल्ला सेक्रेटरी धिरिन्द्रा उपाध्याय, काठमाडौं जिल्ला कार्यालयका सचिव ‘सफल’ र ललितपुर जिल्लाका सेक्रेटरी विपिन क्षेत्रीलाई पक्राउ गरेको छ ।

यसैबीच, नेकपाको भक्तपुर जिल्ला जनसरकार प्रमुख कृष्णराम खड्काले पार्टी परित्याग गरेका छन् । खड्काले बिहीबार विज्ञप्ति जारी गरेर विप्लव नेतृत्वको नेकपाका सबै जिम्मेवारीबाट बाहिरिएको जानकारी गराएका छन् । सरकारले विप्लव कार्यकर्तामाथि निगरानी राख्दै पक्राउ गर्दै आएको छ । सरकारलाई जनसत्ता चलाएर देखाउने चेतावनी दिइरहेका विप्लवलाई केन्द्रीय नेताहरुको पक्राउ एउटा धक्का बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७