परराष्ट्रमन्त्री ज्ञवालीले खडा गरे छोरीको नाममा एक लाखको अध्यक्ष कोष


१४ बैशाख २०७५, शुक्रबार
pradeep

गुल्मी, १४ बैसाख : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गृह जिल्ला गुल्मीमा छोरीको नाममा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।pradeep

उनले आफूले १० कक्षासम्म अध्ययन गरेको रिडी माविमा आफ्नी अपाङ्गता भएकी छोरी क्षितिज ज्ञवालीको नाममा क्षितिज विशेष प्रतिभा पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका हुन् । जन्मजात अपाङ्गता भएकी छोरीको नाममा स्थापना भएको सो पुरस्कार अपाङ्गगता भएका बिद्यार्थीहरुलाई पढ्न मद्दत गर्ने उद्देश्यले स्थापना गरिएको मन्त्री ज्ञवालीले जानकारी गराए ।

मन्त्री ज्ञवालीले गुल्मीमा छत्रकोट गाउँपालिका–५ खज्याङकी अस्मिता परियारको अभिभावकत्व ग्रहण समेत गरेका छन् । बीबी स्मृति प्राबि छत्रकोटमा २ कक्षामा पढ्ने परियारलाई भर्ना गर्दै उनले सम्पूर्ण खर्च व्यहोर्ने बताएका छन् । मन्त्री ज्ञवालीले सरकारले सार्वजनिक शिक्षाको गुणस्तर बढाउन सुधारात्मक काम थालनी गरेको बताए ।gya

शिक्षामा रहेको विभेद हटाउनका लागि सरकारले असहाय विद्यार्थीको अभिभावकत्व लिएर शिक्षामा परिर्वतन गर्न चाहेको पनि उनले बताए । एक जनाको अभिभावक बनेृर मात्र समस्या समाधान नहुने भन्दै मन्त्री ज्ञवालीले शिक्षा नीतिमै परिवर्तन हुनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७