कोसी प्रदेश नामको विषयमा अब कुनै छलफल हुँदैन : मुख्यमन्त्री कार्की

‘नाम परिवर्तन होइन, बरु प्रदेश कसरी समृद्ध बन्छ सुझाव दिनुस्’


५ चैत्र २०७९, आईतवार
112 Shares
Hikmat Kumar Karki

मोरङ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामका विषयमा अब कुनै छलफल नहुने बताएका छन् । प्रदेशको नामकरणले पहिचान नसमेटेको भन्दै प्रदेशभर आन्दोलन चर्किएका बेला मुख्यमन्त्रीको यस्तो टिप्पणी आएको हो ।
नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुंगा आएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोसी नाम सर्वस्वीकार्य भएकाले तत्काल परिवर्तन नहुने प्रष्ट पारे ।

लामो समय नामविहीन प्रदेशमा आफू मुख्मन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले ‘कोसी’ नाम पारित गराएको बताउँदै उनले नाम संशोधनका विषयमा छलफल समेत नहुने स्पष्ट पारे । नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न उनले आग्रह गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘कोसी सबैको सभ्यता र पहिचानसँग मात्रै होइन, मानव जीवनसँग पनि जोडिएको नाम हो । ९० प्रतिशतभन्दा बढी सांसदले पारित गरिसकेको यो नाम अब परिवर्तन होइन, नामकै विषयमा छलफल समेत हुँदैन,’ मुख्यमन्त्रीले थपे, ‘हिजो नाम भएन भन्नेहरु आज नाम मन परेन भनेर आन्दोलन गर्दैछन् । यस्तो बाटोमा हिँडेर गन्तव्यमा पुगिन्न । बरु प्रदेश कसरी समृद्ध बन्छ त्यो सुझाव दिनुस् ।’

प्रदेशको नाम संशोधन गर्न आन्दोलन गर्नेहरुले जिताएर पठाएकै सांसदहरुले कोशी नामकरण गरेको भन्दै मुख्यमन्त्री कार्कीले सांसदको प्रस्तावमा राखिएको नामका विषयमा सरकारविरुद्ध आन्दोलन गर्नुको औचित्य नभएको जिकिर गरे ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७