रियाल मड्रिडमाथि बार्सिलोनाको रोमाञ्चक जित


६ चैत्र २०७९, सोमबार
Frnb2yzXgAE5 8S1679278959 scaled

काठमाडौं । फ्रांक केस्सीले अन्तिम मिनेटमा गरेको गोलमा बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगामा चीर प्रतिद्वन्द्वी रियाल मड्रिडलाई २–१ ले हराएको छ । जितसँगै बार्सिलोनाले उपाधि होडमा रियाललाई १२ अंकले पछाडि पारेको छ ।

बार्सिलोनाले रियाललाई हराएको यो लगातार तेस्रो पटक हो । यससँगै २७ औँ उपाधि जित्ने लक्ष्यमा रहेको बार्सिलोनाले चार वर्षपछि पहिलो पटक उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । २६ खेलबाट ६८ अंक जोडेर बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट ५६ अंक जोडेको साविक विजेता रियाल दोस्रो स्थानमा छ ।

क्याम्प नोउमा एक लाख समर्थकमाझ रियालले रोनाल्ड अराउजोको आत्मघाती गोलबाट अग्रता लिएको थियो । रियालका भिनिसियस जुनियरको क्रस क्लियर गर्नेक्रममा आराउजोले आफ्नै पोष्टमा गोल गरेका थिए । त्यसअघि बार्सिलोनाको प्रयासलाई रियालका गोलकिपर थिबाउट कोर्तुवाले विफल बनाइदिएका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा सेर्गी रोबर्टोले बराबरी गोल फर्काए । राफिन्हाले हानेको प्रहार विपक्षी रक्षकले बचाएका थए । रिबाउन्डमा प्राप्त बललाई रोबर्टोले कुनै गल्ति नगरी पोष्टको दिशा दिएका थिए । ८३ औं मिनेटमा मार्को असेन्सियोले गरेको गोलबाट रियालले पुनः अग्रता लिएको थियो । तर, उन गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो । इन्जुरी समयमा केस्सीले गोल गरेपछि बार्सिलोनाले तीन अंक पक्का गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७