खुल्यो ३३ किलो सुन काण्डको ‘तिकडम’, पाँच करोडको बार्गेनिङ गरी दुई करोडमा सहमति


१४ बैशाख २०७५, शुक्रबार
gold case

काठमाडौं, १४ बैसाख : ३३ किलो सुन तस्करी काण्डले बजार तताई रहेका बेला सुन काण्डसँगको प्रहरीको डरलाग्दो ‘कनेक्सन’ खुलासा भएको छ । सुन तस्करीमा प्रहरीले नै सहयोग पुर्‍याएको खुलासा भएको छ ।gold case

सुन तस्करीमा प्रहरीबाट नै पैसाको ठूलो बार्गेनिङ भएको अनुसन्धानले देखाएको छ । अन्तिममा दुई करोडमा सहमति भएपछि प्रहरीले नै सुन तस्करलाई साथ दिएको देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । सई सञ्जेलबाट शुरु सुन काण्डको प्रहरी कनेक्सनमा अपराध महाशाखाकै डिएसपी प्रजित केसी पनि मुछिन पुगे । अनुसन्धानले महाशाखका प्रमुख एसएसपी दिवेश लोहनी उनलाई साथ दिएको खुलेको छ । केसी र लोहनीलाई निगरानीमा राखेर वयान लिने क्रम जारी छ भने सई सञ्जेललाई हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ ।

गोरेले सनमको शव मोरङबाट ल्याएर इटहरी र धरानबीचको जङ्गलमा व्यवस्थापन गर्ने योजना बनाएका थिए । त्यही बीचमा काठमाडौं र मोरङको प्रहरी धरान पुगिसकेको थियो । त्यो बीचमा प्रहरी र गोरेबीच फोनमा बार्गेनिङ पनि चलेको घटना अनुसन्धानबाट खुल्दै आएको छ । अन्तिममा उक्त बार्गेनिक दुई करोडमा टुङ्गिएको पाइएको छ । पैसा बोेकेर गोरे धरान आउन राजी भएका थिए । प्रहरी गोरेको प्रतिक्षामा थियो, रात बित्दै गएपछि गोरेले धरान होइन, बिराटनगरको पोखरीयामा भेट्ने प्रस्ताव राखे । प्रहरी टोली तत्काल पोखरीया पुगेर कुर्न थाल्यो । केही समयपछि बा १२ प ५९६३ नं. स्कोरपियो प्रहरी टोली छेउ रोकियो । तर, भनिएकै नम्बरको गाडीमा गोरे थिएनन्, उनका सहयोगी मात्र थिए, डिक्कीमा सनमको शव भेटियो ।

सम्पर्क गर्दा गोरेको फोन स्वीच अफ भइसकेको थियो । त्यसयता उनी सम्पर्कमा छैनन् । गाडी चालकको सहयोगमा गोरेका पूर्व सहयोगी काभ्रेका ३२ बर्षीय टेकराज मल्ल, मोरङ उर्लाबारी–७ का ३३ बर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र मोरङ उर्लाबारी–७ का ३७ बर्षीय मोहन काफ्लेलाई पक्राउ गरियो । उनीहरुलाई सनमसँगै काठमाडौंबाट मोरङ लगिएको थियो । अनुसन्धान गर्दै जाँदा प्रहरीका अन्य केही उच्च पदस्थहरु तानिए । पूर्व डिआईजी गोविन्द निरौला पक्राउ परेका छन् र उनीविरुद्ध अनुसन्धान जारी छ भने प्रहरीकै एसपी विकासराज खनाल जो मकवानपुरमा कार्यरत थिए उनी पनि पक्राउ परेका छन् ।

त्यस्तै यसअघि नै सुन तस्करी काण्डमा मुछिएका एसएसपी श्याम खत्री अहिले फरार भएका छन् भने ३३ केजी सुन तस्करी काण्डमै बयान दिन गएर पनि गृह मन्त्रालयबाट फरार डिएसपी सञ्जय राउतलाई गृह मन्त्रालय उपस्थित गराइएको छ । तस्करीलाई प्रोत्साहन गर्ने प्रवृत्तिलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठन सिध्याउने धमिरा भनेका छन् र उनीहरुलाई नियन्त्रणमा लिएको बताएका छन् ।

तस्करी–प्रहरी सुन कनेक्सन

नेपालमा सुन तस्करीको अखडा बनिरहेको छ । टनका टन सुन विमानस्थलको बाटो हुँदै नेपाल भित्रिने गरेको गृहमन्त्री रामबहादुर थापाले केहि दिनअघि बताएका थिए । त्रिभुवन विमानस्थल देशको एक मात्र अन्तर्राष्ट्रि विमानस्थल हो । जहाँ विमानस्थल प्रशासन, अध्यागमन विभागदेखि प्रहरीको उच्च सुरक्षा छ । तर, यहि बाटो प्रयोग गरेर तस्करहरुले सजिलै सुनको अवैध कारोबार गरिरहेका छन् ।

यति सुरक्षा दिंदादिंदै पनि यहि विमानस्थलबाट दैनिक सुन, डलर र अन्य थुपै्र बस्तुहरु तस्करी भइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बारम्बार सुनका थान तस्करी हुनुमा अध्यागमन, विमानस्थल कर्मचारी एअरका कर्मचारी र प्रहरीकै सेटिङ रहेको सार्बजनिक भएको छ । सुन तस्करीमा प्रमुख भूमिका प्रहरीकै रहेको देखिएपछि अहिले प्रहरीका तल्लो तहदेखि उच्च अधिकारीसम्म अनुसन्धानमा तानिएका छन् । कार्बाहीमा परेका छन् ।

विमानस्थलको सुरक्षामा खटिएको प्रहरी जसले सुन तस्करीमा मुख्य भूमिका निर्वाह गरेको देखिन आएको थियो । अघिल्लो बर्ष साँढे ३३ किलो सुन विमानस्थलबाट पक्राउ पर्दा विमानस्थलका एसएसपी श्याम खत्री कार्बाहीमा परेका थिए । र अहिले ३३ किलो सुन हराएको प्रकरण र भरियाहरुको आत्महत्या हत्या, लगायतमा प्रहरीको सेटिङले सुन तस्करीमा प्रहरीको कनेक्सन पछिल्लो घटनामा विमानस्थलबाट छिरेको ३३ किलो सुन ५ करोडमा डिल भएको थियो तर, पछि २ करोडमा सहमतिीभयो । तर, घटना अन्तै मोडियो ।

नागरिकको सुरक्षामा समर्पित रहेको आडम्बर देखाएर तस्करी गर्न पल्केका प्रहरी हाकिम अब खोर जाने भएका छन् । तस्कर, अपराधीसँग साँठगाँठ गर्ने प्रहरीलाई कावार्ही गरिने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् । सुन तस्करीमा धेरै नाफा भएकाले पनि ठूलो मात्रामा नेपालमा सुन तस्करी हुने गरेको छ । भन्सार नतिरी सुन भित्र्याउँदा एक किलोमा करीब पाँच लाख नाफा हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७