सिंहदरबारमा ओलीको उपहार : मोवाइलमा ‘जामर’


१४ बैशाख २०७५, शुक्रबार
oli modi phone

काठमाडौं, १४ बैसाख : सिंहदरबार जाँदै भिआइपीको कार्यक्रममा सहभागी हुन जाँदै हुनुहुन्छ ? यसो भए एउटा कुरा जानिराख्नुस् । अब सिंहदरबारमा तपाईले चाहेका बेला मोवाइल सम्पर्क नहुन सक्छ । अथवा सिंहदरबारमा मोवाइलबाटै सल्टिन सक्ने तपाईको कुनै काम प्रत्यक्ष भेटघाट नगरी नहुन पनि सक्छ ।oli modi phone

यसको मुख्य कारण हो सिंहदरवार या बालुवाटारमा क्याविनेट लगायतका महत्वपूर्ण बैठक बस्दा ‘जामर’ प्रयोग गर्न थालिएको छ । ‘जामर’ प्रयोग भएपछि निश्चित क्षेत्रमा मोबाइल फोन सम्पर्क अवरुद्ध बन्छ । नेपाल टेलिकमको अनुमतिमा यो प्रविधि प्रयोग गर्न सकिन्छ ।

यहि कारण शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालय र आसपासमा २ घण्टा मोबाइल सम्पर्क हुन सकेन । प्रधानमन्त्रीको कार्यालय र त्यसको ५० मिटर वरपर शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म मोबाइल फोन सम्पर्क नभएपछि यसको रहस्य खुलेको हो । शुक्रबार विहान ९ बजे मन्त्रिपरिषद बैठक बोलाइएको थियो । तर, बैठक १० बजे मात्रै शुरु भयो । ‘जब मन्त्रिपरिषद बैठक शुरु भयो त्यसपछि फोन लाग्दै लागेन ।

सूचना चुहिने भन्दै प्रधानमन्त्री कार्यालयकै योजनामा महत्वपूर्ण बैठक बस्दा ‘जामर’ लगाउने गरिएको स्रोतले जानकारी दिएको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीले भीभीआइपीको गतिविधि हुँदा निश्चित क्षेत्रमा ‘जामर’ प्रयोग हुने गरेको स्वीकारे । उनले यो यस पटक मात्र नभई पहिल्यैबाट जामर प्रयोग भइरहेको जनाए ।

जामरले के गर्छ ?

मोबाइल फोन जामरले मोबाइल फोनले उत्सर्जन गर्ने बराबरको रेडियो फ्रिक्वेन्सी उत्सर्जित गर्दछ । यसका कारण मोबाइल फोन र मोबाइलको आधार स्टेशनबीचको सञ्चार टुट्छ जसले गर्दा जामरको रेन्जमा रहेका सबै मोबाइल फोनहरु अबरुद्ध हुने गर्छन् । जामरले आधिकारिक मोबाइल सेवालाई अबरोध पुर्‍याउने भएकाले लाइसेन्स नलिइकन जामरको प्रयोगलाई धेरै देशहरुमा अपराध मानिन्छ । प्रयोगमा हुँदा यस्तो उपकरणले इमरेन्जी सेवालाई पनि अवरोध पु¥याउने सम्बन्धित क्षेत्रका जानकार बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७