क्रिकेट खेलाडी कुशल मल्ललाई ५० हजार नगदसहित सम्मान


६ चैत्र २०७९, सोमबार
kusal

बुटवल । राष्ट्रिय टिमका क्रिकेट खेलाडी कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले ५० हजार नगदसहित सम्मान गरेको छ । खेलमार्फत बुटवलको पहिचान गराउन सफल भएको भन्दै खेलाडी मल्ललाई नगद ५० हजार रुपैयाँ र प्रमाणपत्रबाट सम्मान गरेको हो ।

आज (सोमबार) एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले नगदसहित ओढाएर सम्मानपत्रबाट सम्मान गरेका हुन् । नगर प्रमुख खेलराज पाण्डेयले नगरेमा खेलकुद क्षेत्रको विकासका लागि ३ करोडभन्दा बढी बजेट विनियोजन गरिएको भन्दै पूर्वधार विकासमा विशेष प्राथमिकता दिएको बताए ।

देशका लागि खेल्ने खेलाडीहरूलाई प्रोत्साहन हुने सम्मानसहितका विविध कार्यक्रम कार्ययोजनामा राखिएको उनले बताए । कार्यक्रममा पूर्वक्रिकेट खेलाडी शक्ति गौचन र मल्लको माता शर्मिला मल्ललाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७