वामपन्थी मिडियाले कांग्रेसलाई भ्रष्ट बनाए : गगन थापा


१४ बैशाख २०७५, शुक्रबार
gagan thapa

चितवन, १४ बैसाख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले वामपन्थी मिडिया र वुद्धिजीविहरूले कांग्रेस भ्रष्ट पार्टी हो भनेर भ्रम फैलाइरहेको आरोप लगाएका छन् ।gagan thapa

चितवन कांग्रेसले भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता थापाले वामपन्थीहरुको यहि भ्रमको पछाडि जनता लाग्दा कांग्रेसको मत खुम्चिएको बताए । थापाले भने, ‘०४८ सालमा सबै कम्युनिष्ट दल मिल्दा पनि कांग्रेसको बहुमत आउँथ्यो । त्यो बेला ३३ प्रतिशतको हाराहारीमा मत ल्याएका कम्युनिष्टहरू ५५ प्रतिशतसम्म पुग्यो । ०६४ सालयता कम्युनिष्टहरू ३४ सय दिन र कांग्रेस २६ सय दिन सरकारमा बसेको छ । तर, देश बिग्रेको कांग्रेसले गर्दा हो भनेर जनताले सोच्छ । यो जनतामा परेको भ्रमले हो । योजनावद्ध दुष्प्रचार भएको छ,’ नेता थापाले भने ।

सरकारमा गएको दलको जनताले काम र छवि हेर्ने बताए । तर सरकारमा जाँदा कांग्रेसको छवि मतदाता आकर्षित गर्ने खालको पनि नभएको उनले बताए । यसमा २६–२७ वर्षदेखि योजनावद्ध रूपमा कांग्रेस विरोधी शक्तिले गलत प्रचार गरेको उनले बताए । ‘हामीले यी भ्रम चिर्न सकेनौं । हामीले मैदान छाड्दा कम्युनिष्टहरूले फाइदा लिए । हाम्रै वैचारिक जमिन र राजनीतिमा अहिले कम्युनिष्टहरू राजनीति गरेका छन् । उभिएका छन्,’ थापाले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७