पाथीभरा क्षेत्रमा फूलेको चाँप

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा फुल्दै गरेको चाँपको रुख । यस क्षेत्रका वनमा अहिले गुराँस, चाँपलगायतका फूलहरु फुलेर हेरिरहुँ जस्तो लाग्ने भएको छ । वसन्त ऋतुको फूल फुल्ने मौसमको अवसर पारेर यहाँ बढी मात्रामा पर्यटकहरु समेत घुम्नका लागि आउने गरेका छन् । तस्वीर : दिलकुमार लिम्बू /रासस