चार नेपाली भारतमा १० घण्टा बन्धक, यसरी मुस्किलले गरियो मुक्त


१४ बैशाख २०७५, शुक्रबार
nayapage logo footer

काठमाडौं, १४ बैसाख : भारत उत्तर प्रदेश राज्य बहराईच जिल्ला मोतीपुर थाना अन्तर्गत वन तस्करले रुख काटेर नेपालीलाई बेचेको भन्दै किनमेल गर्न गएका चार सर्वसाधरणलाई वनका दरोगा (असई) ले कुटपिट गर्दै बन्धक बनाएका छन् ।

नेपाली सुरक्षा अधिकारीको अथक प्रयासपछि उनीहरुलाई करीब १० घण्टापछि मुक्त गरिएको छ । सीमावर्ती मिरकिया वन चौकीका दरोगा (असई) अविनाश तिवारीले नेपाली सुरक्षाकर्मीलाई सीमावर्ती बढैयाताल गाउँपालिकास्थित वीरबहादुर नेपालीको घरमा पुर्‍याएको काठ फिर्ता गर्न दबाब दिएका थिए ।

त्यसो नगरिए नियन्त्रणमा लिएका सर्वसाधरणविरुद्ध वन मुद्दा लगाई बहराईच कारागार चलान गर्ने दबाब दिंदै १० घण्टा बन्धक बनाएका हुन । बढैयाताल जमुनीस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीका ईन्चार्जले पक्राउ गरिएका सर्वसाधरणलाई बिहीबार राति ९ बजे हिरासतबाट मुक्त गराएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक देवेन्द्र मल्लले बताए । काठ फिर्ता नभएको भन्दै दरोगा तिवारीले भारतीय बजार बलैगाउँ किनमेल गर्न अटो रिक्सा लिई जान लागेका चार सर्वसाधरणलाई अपहरण शैलीमा दुव्र्यवहार गर्दै वन चौकी पुर्‍याएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७