प्रचण्डलाई एमालेको प्रश्न : के कारण आइपरेर कांग्रेसतिरै फर्किनु पर्‍यो ?

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुनै आधार र कारण छैन’


६ चैत्र २०७९, सोमबार
Bishnu poudel samsad scaled

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूसँग के कारणले सहयात्रा टुंग्याएको भनेर प्रश्न गरेको छ । आज (सोमबार) प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले सोधे, ‘तपाईलाई के कारण पर्‍यो त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनु भयो ?’

उनले यदि कांग्रेससहितको दलसँगको सहयात्रामा फर्किनु थियो भने १० पुसमा एमालेसँग किन सहयात्रा गरेको भनेर प्रश्न गरेका छन् । ‘हिजो प्रधानमन्त्री बन्न एमाले लगायत राजनीतिक दल चाहिने तर २ महिना पनि नपुग्दै, प्रधानमन्त्री पाउने वित्तिकै दूरीको सम्बन्ध कायम गर्दै पुरानै गठबन्धनतिर फर्किन खोज्नु भयो ।’ उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कुनै कारण नभएको दाबी गरे । उनले सिंगो सदनलाई नै प्रस्तावको विपक्षमा उभिन आग्रह गरे ।

‘जस्तो परिस्थितिमा, जस्तो पृष्ठभूमिबाट गुज्रिँदै आज उहाँ (प्रचण्ड) यो परिस्थितिमा आाइपुग्नु भएको छ । र जसरी उहाँले विश्वासको मत मागिरहनु भएको छ सदन समक्ष, मलाई के लाग्छ भने उहाँलाई विश्वासको मत दिन सकिने कुनै आाधार र कुनै कारण देखिएन,’ पौडेलले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७