हामी दुई दाजु–भाइ, अब वैरभाव सकियो : दुई कोरियाली नेता


१४ बैशाख २०७५, शुक्रबार
2 korea neta

काठमाडौं, १४ बैसाख : ६५ वर्षपछि पुनर्मिलन गरेका दुई कोरियाली प्रायदीपका नेताहरुले आफूहरु दाजु–भाइ भएको भन्दै अब दुई देशबीचको वैरभाव अन्त्य भएको दावी गरेका छन् ।2 korea neta
अन्तर कोरियाली सम्मेलनका दौरान दुवै कोरियाका नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै दुई देशबीचको वैरभाव अन्त्य भएको घोषणा गरेका हुन् । संयुक्त वक्तव्यमा हस्ताक्षरपछि बोल्दै दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले कोरियाली प्रायद्वीपलाई आणविक हतियाररहित बनाउने तथा आजका मितिदेखि दुई कोरियाबीच युद्ध नहुने घोषणा गरे ।

आफ्नो वक्तव्यका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले दुवै देश वास्तवमा एउटै देश, एउटै रगत र एउटै संस्कृति भएकोे र शान्तिको नयाँ युगप्रति आशावद्ध भएको बताएका छन् । किम र इन दुवैले पानमुनजोम घोषणा जारी गर्दै आपसी समझदारी, समृद्धि तथा शान्तिको नयाँ युगको शुभारम्भ गरेको बताएका छन् ।

सन् १९५३ देखि रहेको दुई देशबीचको तीतो सम्बन्ध ६५ वर्षपछि दुवै देशका राष्ट्राध्यक्षबीच दक्षिण कोरियाली भूमिमा औपचारिक भेटघाटका बीच अन्त्य भएको छ । अन्तर्राष्ट्रिय वृत्तमा यो प्रयासलाई ऐतिहासिक कदमका रुपमा लिइएको छ । यो वार्ताले मूर्त रुप लिन सके दुवै देशका बीच सौहार्द्रता सुमधुर हुनेछ ।

पुलमा वार्ता, सामूहिक वृक्षारोपण

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन मुन जे इनबीचको ऐतिहासिक वार्ता बनेको छ । शुक्रबार उत्तर कोरियाली नेता किम जोङ उन ले पहिलो पटक क्षिण कोरियाको असैन्य भूमिमा पाइला टेकेका थिए । त्यसयता उच्चस्तरीय वार्ता चलिरहेको छ । moon

नेताबीच दक्षिण कोरियाली भूमिमा पर्ने पुनमुनजोमस्थित पीस हाउमा वार्ता भएको छ । दुई नेताले पुलमा बसेर पनि वार्ता गरेका छन् । लञ्ज ब्रेकपछि किम र मुनले पैदल हिंड्न बनाइएको पुलमा बसेर कुराकानी गरेका हुन् । लगतै वृक्षारोपण गरेका छन् । दुबैले बेल्चाबाट माटो हालेपछि हात मिलाएका थिए । शान्ति र समृद्धिको सन्देश दिन सामूहिक रुपमा रुख रोपेका हुन् । वार्ताका क्रममा किमले सोलमा रहेको ब्लू हाउस भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । साथै राष्ट्रपति मुनलाई प्योङयाङ भ्रमणको निम्तो समेत दिएका छन् । तस्विर : रोयटर्स

korea neta

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७