सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुँदैन : सांसद केसी


६ चैत्र २०७९, सोमबार
Chitra kc scaled

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताएका छन् ।

आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदीय प्रणालीलाई स्वीकार गर्दै जाँदा अहिले यही प्रणाली चलाउन नै नसक्ने भएको बताए ।

उनले भने, ‘दुई महिना अघि सबैले विश्वासको मत दिने हुटहुटी थियो । आज फेरि यस्तै छ । यसमा हामीलाई जनताले के भन्ने हुन् ? अचम्म लागेको छ । हाम्रो निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउने स्थिति देखिँदैन । सरकार भत्काउने, बनाउने देखिएको छ । अब पनि यही हो । संसदीय प्रणालीलाई स्वीकार गरेका छौँ तर चलाउनै नसक्ने भयौँ ।’

उनले सरकार संसदको ठूलो पार्टी र ठूलो पार्टीले नसके दोस्रो ठूलो पार्टीले सरकार बनाउनु पर्नेमा तेस्रो पार्टीलाई बोकेर हिँड्नु शर्मनाक रहेको बताएका छन् । सरकार बनाउने र गिराउने खेती भइरहेको भन्दै लोकतन्त्र र गणतन्त्र जोगिन नसक्ने स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७