साढे ३३ किलो सुन काण्ड : तीन प्रहरी अधिकारी निलम्बन


१४ बैशाख २०७५, शुक्रबार
gold kanda 1

काठमाडौं, १४ बैसाख : साढे ३३ किलो सुन तस्करीमा मुछिएका तीन प्रहरी निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले एसपी विकास खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेललाई निलम्बन गरेको हो ।gold kanda 1

प्रहरी प्रवक्ता मनोज न्यौपानेले उनीहरु निलम्बित भएको पुष्टि गर्दै तीनै जनालाई कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धानको क्रममा बयान दिंदादिंदै भागको इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत डिएसपी सञ्जय राउत बिहीबार बिहान मात्र सम्पर्कमा आएका थिए ।

राउत बिहीबार बिहान महानगरीय प्रहरी बृत सिंहदरबारको सम्पर्कमा आएका थिए । डिएसपी राउतलाई बयानको लागि गृह मन्त्रालयमा बुझाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । सई सञ्जेल भने महानगरीय अपराध अनुसन्धान महाशाखाका हुन् । जसले साढे ३३ किलो सुन प्रकरणको पहिले अनुसन्धान गरिरहेको थियो ।

माघको पहिलो साता त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको साढे ३३ किलो सुन सुन काण्डसँगै तीन जनाको शंकास्पद मृत्युले यो प्रकरण धेरै रहस्यमय बन्दै गएको छ । प्रहरीका उच्च अधिकारी नै छानबिनको दायरामा आएको यो घटनाको अनुसन्धान अहिले सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले गरिरहेको छ । तस्करीका मुख्य योजनाकार चुँडामणि उप्रेती ‘गोरे’ विरुद्ध आज नै डिफ्यूजन नोटिस जारी भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७