सांसद चन्द्र भण्डारीको उपचारमा सरकारले गर्‍यो ५५ लाख ८८ हजार रूपैयाँ खर्च


६ चैत्र २०७९, सोमबार
chandra cbhandari

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको उपचारका लागि सरकारले ५५ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार ११ फागुन २०७९ मा भएको मन्त्रिपरिषद्को बैठकले भण्डारीको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो । सोही अनुसार उनलाई एयर एम्बुलेन्सबाट भारत लैजाँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोरेको छ । यस्तो रकम ५५ लाख ८८ हजार रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।

भण्डारी आफ्नै निवासमा भएको आगलागीमा परी घाइते भएका थिए । उनको नेपालमा उपचार सम्भव नभएपछि अहिले भारतमा उपचार जारी छ ।

सरकारले फागुन महिनामा मात्र सांसद भण्डारीसहित ४ जनालाई आर्थिक सहायता प्रदान गरेको छ । यस्तो रकम ६४ लाख ८८ हजार हुन आउँछ । सहायता रकम पाउनेमा भण्डारीबाहेक लमजुङका रामबाबु अधिकारी ३ लाख, सिराहाका विश्वेन्द्र पासवान ३ लाख र कालिकोटका संग्रामे सार्की ३ लाख रहेका छन् ।

यसअघि माघसम्म सरकारले साढे ५ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरिसकेको छ । जसमा पूर्व राष्ट्रपति रामवरण यादवदेखि भुटानी नेता टेकनाथ रिजालको उपचार खर्च समेत समावेश छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७