वाणिज्य बैंकहरुले कमाए ४० अर्ब बढी नाफा, कसको कति ? (सूचीसहित)

सबै भन्दा बढी नाफा नबिल बैंकको


६ चैत्र २०७९, सोमबार
Nabil Bank Building

काठमाडौं । वाणिज्य बैंकहरुले माघ मसान्तसम्म ४० अर्ब बढी नाफा कमाएका छन् । चालू आर्थिक वर्षको माघ मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नबिलले ४ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको छ ।

एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकबीच नाफामा प्रतिस्पर्धा देखिएको छ । एनआईसी एशियाले ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गर्दा ग्लोबल आइएमईले ३ अर्ब ५५ करोड नाफा कमाएको छ ।

यस्तै १ अर्बभन्दा बढी र २ अर्बभन्दा कम नाफा कमाउनेमा नेपाल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, माछापुछ्रे, कुमारी, सिटिजन, प्राइम कमर्सियल, सानिमालगायत छन् ।

सबैभन्दा कम नाफा कमाउनेमा सनराइज, सिभिल र कृषि विकास बैंक छन् । तिनीहरुले एक अर्बभन्दा कम नाफा गरेका छन् । सनराइजले ८६ करोड, सिभिलले ७७ करोड ७० लाख र कृषि विकासले १० करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

bank napha magh2079

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७