कुटनीति र विकासका लागि ‘थिङ्क ट्याङ्क’


१४ बैशाख २०७५, शुक्रबार
think tank

काठमाडौं, १४ बैसाख : कुटनीति र विकासका क्षेत्रमा काम गर्न कुटनीति, प्रशासन र सामाजिक क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तित्वहरुले सेन्टर फर डिप्लोम्यासी एण्ड डेभ्लप्मेन्ट (सीडीडी) नामक संस्था गठन गरेका छन् । think tank
गैरनाफामुलक उक्त संस्थाले सरकारलाई गैरसरकारी बौद्धिक समूह (थिङ्क ट्याङ्क) का रुपमा सुझाव दिने बताइएको छ । फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा गठित उक्त संस्थामा पूर्व परराष्ट्र सचिव तथा संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव ज्ञानन्द्र आचार्य, पूर्व शिक्षा सचिव शंकरप्रसाद पाण्डे, राजनीतिशास्त्रका प्राध्यापक डा. गंगाबहादुर थापाका साथै अनिता जधारी, अरुण रञ्जित, हेमन्त कोलाक्षपति, खेमराज लकाई, नवराज पाण्डे, डा. प्रमोद जैसवाल, श्रीराम लामिछाने, सुरेन्द्र शाक्य, शान्तिलक्ष्मी शाक्य र मित्रबन्ध पौडेल छन् ।

उक्त संस्थाले कुटनीति र विकासमा केन्द्रित भएर ‘द डिम्प्लोम्याट’ नामक द्वैमासिक पत्रिका प्रकाशन आरम्भ गरेको छ । पहिलो अंकको विमोचन हालै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन् । संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठका अनुसार, यस क्षेत्रका बौद्धिक व्यक्तित्वहरुबीच अन्तरक्रिया बढाउने, आफ्ना अनुभवहरुमा आधारित भएर सरकारलाई सुझाव दिने र यही क्षेत्रमा अध्ययन–अनुसन्धानलाई केन्द्रमा राखेर काम गर्ने उद्देश्यले संस्था स्थापना भएको हो ।

think tank 1

उनले भने, ‘हामीसँग अनुभव छ, हामी एक ठाउँमा बसेर आफ्ना अनुभवहरुलाई आपसमा बाँड्न र त्यही अनुसार राष्ट्रलाई अलिकति भए पनि मद्दत पुगोस् भन्ने चाहन्छौँ । त्यही उद्देश्यले संस्था स्थापना गरेका हौँ ।’ संविधान निर्माण, यसको कार्यान्वयन र तीनै तहको निर्वाचन सम्पन्न भएका कारण राजनीतिक स्थिरता आएकाले अब विकासले प्राथमिकता पाउनु पर्ने बेलामा अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारका काममा आफ्नो संस्थाले मद्दत पुर्‍याउने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७