पारस आबद्ध टोली एसिया लायन्सले जित्याे लिजेन्ड्स लिग क्रिकेटको उपाधि


७ चैत्र २०७९, मंगलवार
cricket gViAJ9uTT3

काठमाडौं । लिजेन्ड्स क्रिकेट लिगको उपाधि नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध टोली एसिया लायन्सले जितेको छ । गए राति भएको फाइनल खेलमा एसियाले वर्ल्ड जायन्ट्सलाई सात विकेटले हरायो । जितका लागि १४८ रनको विजयी लक्ष्य पछ्याएको एसियाले १६ ओभर १ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।

एसियाका तिलकरत्ने दिलशानले सर्वाधिक ५८ रन बनाए । त्यस्तै उपुल थरङ्गा ५७ रनमा आउट भए । जायन्ट्सका ब्रेट ली, स्मित पटेल र मोन्टी पनेसारले एक-एक विकेट लिए । त्यसअघि दोहामा टस जितेर पहिला ब्याटिङ गरेको जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४७ रन बनाएको थियो ।

उसका अलराउन्डर ज्याक्स कालिस ७६ रनमा अविजित रहे । एसियाका अब्दुर रजाकले २ विकेट तथा थिसेरा परेराले एक विकेट लिए । फाइनल खेलमा नेपालका पारस खड्काले ब्याटिङ र बलिङको अवसर पाएनन् । लिगमा एसिया लायन्स, वर्ल्ड जायन्ट्स र इन्डिया महाराज गरी तीन टोली रहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७