शक्तिको आडमा रवि लामिछानेलाई उन्मुक्ति दिएको भन्दै अख्तियारमा उजुरी


७ चैत्र २०७९, मंगलवार
Rabi Lamichhane 1

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी विवादमा दिइएको ‘क्लिन चिट’ विरूद्व अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

यसअघि रविविरुद्व राहदानी दुरुपयोगको आरोप लगाउँदै मुद्दा दायर गर्ने युवराज सफलले अख्तियारमा उजुरी दिएका हुन् । सफलले जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिने विश्वासको मतका लागि रविको पासपोर्ट दुरुपयोग मुद्दामा सफाइ दिइएको आरोप उनले लगाएका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिने विश्वासको मतका लागि रविको पासपोर्ट दुरुपयोग मुद्दामा सफाइ दिइएको आरोप लगाएका छन् ।

अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता जोगाउनकै लागि सरकारवादी मुद्दाबाट सफाइ दिने गरी महान्यायधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने पनि उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७