१५ वर्षीया किशोरीको पेटमा ५ महिनाको गर्भ, दुई व्यक्तिको देखियो बदमासी


१४ बैशाख २०७५, शुक्रबार
girl

काभ्रे, १४ बैसाख : काभ्रेको पनौती नगरपालिका–४ दूधमेलकी एक १५ वर्षीया किशोरी गर्भवती भएकी छन् । श्रेष्ठ थरकी किशोरीको पेटमा ५ महिनाको गर्भ रहेको खुलेको छ । पनौती–५, बाँसघारीका २० वर्षीय देवराज भनिने नवराज बस्नेत मिजार र धुलिखेल नगरपालिका–८ का २५ वर्षीय विकाश तामाङले आफूलाई ललाई–फकाई गरी शारीरिक सम्पर्क राखेको किशोरीले प्रहरीमा बयान दिएकी छन् ।

girl
सांकेतिक तस्विर

प्रहरीले अनुसन्धानका लागि बुधवार बस्नेत र तामाङलाई पक्राउ गरेको छ । पक्राउ परेका दुई युवकसँग सोधीखोजी गर्दा ढाँटी रहेको प्रहरी निरीक्षक सुनिलजंग शाहले बताएका छन् । प्रहरीले बस्नेत मिजार, तामाङ र किशोरीको स्वास्थ्य परीक्षण गरेको छ । ‘३–४ दिनमा रिपोट आएपछि मात्रै सबै प्रमाणित हुन्छ’ प्रहरी निरीक्षक शाहले भने, ‘बालिकाको बयान र आमाको भनाईलाई गम्भिर रुपमा लिएका छौं, बिहीबार म्याद थप गरिएको छ ।’

घटनाको विषयमा कडा अनुसन्धान भइरहेको र दोषीमाथि कडा कार्बाही गरिने उनले बताए । पक्राउ परेका दुई युवकले ढाँटेकाले दुबैको आफन्तलाई नागारिकता ल्याउन खबर गरी सकेको प्रहरीले जनाएको छ । विभिन्न संघ संस्थाको सहयोगमा पीडित किशोरीको परिवारले इलाका प्रहरी कार्यालय बनेपामा बुधवार जाहेरी दिएको थियो । बस्नेत मिजारले गत चैत्र १८ गते र तामाङले कार्तिक २६ गते शारिरीक सम्पर्क गरेको किशोरीको जाहेरीमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७