के चाहेर छोरा बनाउन सम्भव छ ?


१४ बैशाख २०७५, शुक्रबार
aama

काठमाडौं, १४ बैसाख : नेपाल आधुनिक युगका प्रवेश गरेको दावी गरिए पनि धेरै नेपालीहरुको सोंच पुरातन नै छ । अहिले पनि समाजमा छोरा र छोरीबीच विभिन्न विभेद छ । यहाँसम्मकी छोराको आशमा सन्तानले घर भर्ने मात्र होइन । श्रीमतीको गर्भमा छोरी भएको थाहा भए भ्रुण हत्या गर्नेसम्मका कुकृत्य हुने गरेको छ । के पुरुषले सोचे जस्तै छोरा जन्माउन सहज छ एउटा महिलालाई ?aamaचिकित्सा विज्ञानले हालसम्म उपचारबाट छोरा वा छोरी बनाउने निर्धारण गर्ने कुनै पनि औषधि विकास गरेको छैन । छोरा वा छोरी हुने सम्भावना आधा आधा हुने भए पनि मानिसको नियन्त्रणमा हुन्न । मानिसको हरेक कोषमा ४६ (२३ जोडी) क्रोमोजोम हुन्छ । जसमा एक जोडी (२ वटा) सेक्स क्रोमोजोम हुन्छ । जसले बच्चाको लिङ्ग निर्धारण गर्छ । सेक्स क्रोमोजोमलाई एक्स र वाई भनिन्छ ।

पुरुषमा एक्स र वाइ हुन्छ भने महिलामा दुई वटा एक्स क्रोमोजोम हुन्छ ।’ ‘एक्सएक्स क्रोमोजोमले छोरी बनाउछ भने एक्सवाईले छोरा । महिलामा छोरी बनाउने क्रोमोजोम मात्र हुन्छ । महिलाको एक्स क्रोमोजोममा पुरुषको वाई क्रोमोजोमले सेचन (फर्टिलाइज) गरेमा छोरा हुन्छ भने पुरुषको एक्स क्रोमोजोम महिलाको एक्स क्रोमोजोमसंग सेचन भएमा छोरी हुन्छ । त्यसैले छोराछोरी निर्धारण गर्ने पुरुषको वीर्यको क्रोमोजोमले हो ।’

हरेक सेचनमा छोरा वा छोरी हुने सम्भावना ५०–५० प्रतिशत हुन्छ । २३ मध्ये बाँकी २२ जोडी क्रोमोजोमले मानिसको रूपरेखा तय गर्छ । सामान्यतया कुनै पनि शिशुले २३ क्रोमोजम आमाबाट र २३ क्रोमोजम बाबुबाट प्राप्त गर्दछ । छोरा वा छोरी हुने प्राकृतिक संयोगको कुराको हो । छोरा वा छोरी चाहेको बच्चा बनाउने औषधि हालसम्म विज्ञानले बनाएको छैन ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७