‘एनएफडीसी अवार्ड’मा अनमोल र वेनिशा उत्कृष्ट, निर्देशकमा मिलन चाम्स उत्कृष्ट (सूचिसहित)


१४ बैशाख २०७५, शुक्रबार
nmol kc benisha hamal and milan chams

काठमाडौँ, १४ बैशाख । एनएफडीसी अवार्डमा नायक अनमोल केसी र नायिका बेनिशा हमालले उत्कृष्ट अभिनेता–अभिनेत्री ठहरिएका छन् ।nmol kc benisha hamal and milan chams

‘एनएफडिसी अवार्ड’को छैठौँ संस्करणको बिहिबार साँझ हायात रिजेन्सी होटलमा भएको अवार्ड समारोहमा चलचित्र ‘कृ’बाट अनमोल र ब्लाइन्ड रक्सबबाट बेनिशा उत्कृष्ट ठहरिएका हुन् । केही पहिले प्रदर्शनमा आएको यी दुबै चलचित्र व्यवसायिक असफल मानिन्छ ।

चलचित्र ‘लिलिबिली’बाट मिलन चाम्सले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । उत्कृष्ट चलचित्रको अवार्ड ‘सत्रु गते’ले प्राप्त ग¥यो । भने ‘शत्रु गते’का निर्देशक प्रदीप भट्टराई र दीपक राज गिरीले उत्कृष्ट कथाको अवार्ड पाए । भने उत्कृष्ट पटकथाको अवार्ड ‘छक्का पन्जा २’बाट दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरबीले जिते ।
यसैगरी उत्कृष्ट नव–नायकको अवार्ड चलचित्र ‘ग्याङस्टार ब्लूज’बाट नायक आशिरमान देशराज जोशीले जिते भने उत्कृष्ट नव–नायिकाको अवार्ड चलचित्र ‘लिलिबिली’बाट जसिता गुरुङले उचालिन् ।
उत्कृष्ट सह–अभिनेताको अवार्ड चलचित्र ‘ऐश्वर्य’बाट प्रशान्त ताम्राकारले उचाल्दै गर्दा यही चलचित्रबाट नायिका केकी अधिकारीले सह–अभिनेत्रीको अवार्ड उचालिन् ।

पानी परेको कारण अवार्डमा विशेष प्रस्तुतीका लागि मुम्बइदेखि आएकी नायिका निरुता सिंहको प्रस्तुति दिन पाइनन् । आयोजकको योजना अनुसार भव्य हुन नसकेको अवार्ड समारोह कलाकारहरुको बाक्लो उपस्थिति भने रहेको थियो ।

कसले कुन अवार्ड जिते ?

हिरा सर्वोत्कृष्ट फिल्म  : शत्रु गते

प्रकाश सर्वोत्कृष्ट निर्देशक : लिलिबिली (मिलन चाम्स)

शिव सर्वोत्कृष्ट अभिनेता : अनमोल केसी (कृ)

भूवन सर्वोत्कृष्ट अभिनेत्री : वेनिशा हमाल (ब्लाइन्ड रक्स)

नीर सर्वोत्कृष्ट सह–अभिनेता  : प्रशान्त ताम्राकार (ऐश्वर्य)

बसुन्धरा सर्वोत्कृष्ट सह–अभिनेत्री : केकी अधिकारी (ऐश्वर्य)

विश्व सर्वोत्कृष्ट नव–अभिनेता : आशिरमान देशराज जोशी (ग्याङस्टार ब्लूज)

चैत्य सर्वोत्कृष्ट नव–अभिनेत्री : लिलिबिली (जसिता गुरुङ)

गोपालराज सर्वोत्कृष्ट हाँस्य कलाकार : केदार घिमिरे (छक्का पन्जा २)

चेतन सर्वोत्कृष्ट लेखन सत्रु गते : दीपकराज गिरी र प्रदिप भट्टराई

लक्ष्मीनाथ सर्वोत्कृष्ट कथा र संवाद : छक्का पन्जा २ (दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र अभिमन्यू निरबी)

मञ्जु सर्वोत्कृष्ट छायाँकार : सुदिप बराल (लिलिबिली)

तुलसी सर्वोत्कृष्ट सम्पादक : सत्रु गते (मित्र डी गुरुङ)

शम्भुजित सर्वोत्कृष्ट संगीतकार : २ रुपैयाँस् कुटुमा कुटु (राजनराज सिवाकोटी)

किरण सर्वोत्कृष्ट गीतकार : ए मेरो हजुर कसम, हो कसम (डा. कृष्णहरि बराल)

उदित सर्वोत्कृष्ट पाश्र्व गायन : सुगम पोखरेल र अन्जु पन्त (तिमी रोएको पल- ऐश्वर्य)

वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज (रुपै मोहनी -सत्रु गते)

भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशन : चन्द्र पन्त (कृ)

प्रदीप सर्वोत्कृष्ट ध्वनी मुद्रण : अमित श्रेष्ठ (सत्रु गते)

शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की (लिलिबिली)

मह जुरी अवार्ड : रमेश बुढाथोकी (भुईँमान्छे)

उत्कृष्ट सर्वोत्कृष्ट व्यवसायिक फिल्म : छक्का पञ्जा २

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७