सत्ता गठबन्धनमा भागवण्डाबारे वार्ता गर्न एकीकृत समाजवादीले बनायो कार्यदल


७ चैत्र २०७९, मंगलवार
56 Shares
Samajbadi
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सत्ता गठबन्धनका अन्य दलहरूसँग वार्ता गर्नेलगायत कार्यका लागि कार्यदल गठन गरेको छ । आज (मंगलबार) बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका छन् ।

कार्यदलले संघ र प्रदेशको सरकार गठन, साझा न्यूनतम कार्यक्रम तथा उप–निर्वाचन समेतका विषयहरूमा वार्ता र छलफल गर्ने बताइएको छ । ‘सम्भावित सत्ता साझेदारीलाई अघि बढाउन विभिन्न विषयमा विभिन्न पक्षसँग छलफल गर्न कार्यदल बनाएका छौँ’, पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘केन्द्रदेखि प्रादेशिक सरकारसम्म पनि छलफल गरे निर्णयमा पुग्न यस्तो निर्णय लिइएको हो । कार्यदलले आफ्नो प्रस्ताव तयार गरी केन्द्रीय सचिवालयमा ल्याउने छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आजको बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरु राजेन्द्रप्रसाद पाण्डे, केशवलाल श्रेष्ठ, जयन्ती राई, डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधर र प्रवक्ता जगन्नाथ खतिवडा सहभागी थिए । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको समाजवादीले सरकारमा जाने तयारी गरेको छ । त्यही तयारीका लागि उसले अध्यक्ष नेपाल नेतृत्वमा कार्यदल बनाएको हो ।

प्रचण्डलाई विश्वासको मत दिइसकेकाले आजको बैठकबाट सरकारमा जाने निर्णय लिने तयारी छ । समाजवादीले कम्तीमा तीनवटा मन्त्रालयमा दाबी गरेको छ । समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डेले यसअघि नै यस पटक आफूहरुले रोजेको मन्त्रालय लिएर सरकारमा जाने बताइसकेका छन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७