दक्षिणकालीमा जीप दुर्घटना : एकको मृत्यु, आठ जना घाइते

काठमाडौँ । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ शितल चोकमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।
हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ झ ३४२४ नम्बरको जीप मंगलबार दिउँसो दुर्घटना भएको हो । मृतकको पहिचान खुलिसकेको छैन ।
दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई उपचारको लागि मनमोहन अस्पताल पठाइएको प्रहरीले जनाएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।