आक्रमण प्रयासपछि आङ्बोको प्रतिक्रिया : जोसँग बढी भरोसा हुन्छ, उसैप्रतिको आक्रोश स्वभाविक


७ चैत्र २०७९, मंगलवार
indra aangbo

विराटनगर : नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ताप्लेजुङमा आक्रमण प्रयासलाई स्वभाविक रुपमा लिएको बताएका छन् । प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट समूहले ताप्लेजुङमा आफूमाथि भएको आक्रमणको प्रयास पछि उनले भनेका छन्, जोसँग अपेक्षा, विश्वास र भरोसा हुन्छ, अपेक्षित परिणाम नहुँदा उसैप्रति आक्रोश, घृणा, आवेग व्यक्त हुनुलाई मैले स्वभाविक रुपमा लिएको छु ।’

माओवादी जिल्लास्तरीय बैठकमा सहभागी हुन गएका आङ्बोमाथि पहिचान पक्षधरले आन्दोलनकारीले फुङ्लिङ नगरपालिका तक्मेडाँडा छेउमा आक्रमणको प्रयास भएको हो । पहिचान पक्षधरका कार्यकर्ताले आक्रमण गर्दा उनी चढेको गाडीमा सामान्य क्षति पुगेको छ । उनीहरूले हत्या गर्ने चेतावनी दिँदै आङ्बोमाथि आक्रमण प्रयास गरेका हुन् ।

प्रहरीका अनुसार आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको छ । आङ्बोको हत्या गर्ने लक्ष्यसहित संघर्ष समिति लागिरहेको भन्दै लिम्बुवान कार्यकर्ताहरु मोटरसाइकलमा सवार भएको भिडियो सार्वजनिक भएको छ ।

आङ्बाले यो घटनापछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘जो सँग सबैभन्दा बढी अपेक्षा बिश्वास र भरोसा हुन्छ अपेक्षित परिणाम हासिल नहुदा उसैप्रति आक्रोश, घृणा, आबेग व्यक्त हुनुलाइ मैले स्वभाविक रुपमा लिएको छु।हामीले ल्याएको यो लोकतान्त्रिक ब्यबस्थामा शान्तिपूर्ण रुपमा गरिने बिरोध असहमतिप्रति मेरो सधै सम्मान रहनेछ । धन्यवाद ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७