एम्बाप्पे बने फ्रान्सको नयाँ कप्तान


७ चैत्र २०७९, मंगलवार

काठमाडौँ । फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा स्टार खेलाडी किलियन एम्बाप्पे नियुक्त भएका छन् ।
पूर्व कप्तान ह्युगो लोरिसले सन्न्यास लिएपछि एम्बाप्पेले टोलीको नयाँ कप्तान नियुक्त भएका हुन् ।

३६ वर्षीय ह्युगोले गएको वर्षको फिफा विश्व कप फाइनलमा टोलीको हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए ।
एम्बाप्पेले २४ वर्षको उमेरमा टोलीको कप्तानी सम्हाल्ने भएका हुन् । उनको ध्यान अब आउँदो वर्ष हुने युरो कपमा हुनेछ ।

पेरिस सेन्ट जर्मेइन (पीएसजी) बाट व्यावसायिक फुटबल खेल्ने एम्बाप्पेले सन् २०१८ मा फ्रान्सलाई विश्व कपको उपाधि जिताउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए । यस्तै गएको वर्षको विश्व कपमा उनकै उत्कृष्ट प्रदर्शनका कारण फ्रान्स फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७