चालक दलका तीन सदस्यसहित नेपाल एयरलाइन्सका सात कर्मचारी निलम्बन


७ चैत्र २०७९, मंगलवार
nepal airlines

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारीलाई निलम्बन गरेको छ ।

ताप्लेजुङबाट काठमाडौँ आएको नेपाल एयरलाइन्सको विमानमा सिट क्षमताभन्दा १०५ किलो बढी सामान बोकेको पाइएपछि प्राधिकरणले अर्को सूचना जारी नभएसम्म उनीहरूलाई निलम्बन गरेको हो ।

सोमबार ताप्लेजुङबाट काठमाडौँ आएको ट्विनअटर ९ एन–एबीटी विमानमा लोड सिटमा भन्दा १०५ किलो बढी सामान बाकेको थियो । उक्त सूचना पाएपछि चालक दलका तीन जना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरिएको निगमका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् ।

उक्त विमानले एक पुरुष यात्रुलाई महिला यात्रुको रूपमा यात्रा गराएको पनि पाइएको निरौलाले बताइएको छ । यस विषयमा निगमले थप अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ । साथै निगमलाई प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७