२०७९ चैत ८ गते बुधबारको तपाईको राशिफल

चैत शुक्ल प्रतिपदा पञ्चाङ्गः शुक्ल किंस्तुघ्न उत्तरभाद्र, तेल लगाउने र नीमको पात खाने दिन / विश्व जल दिवस


८ चैत्र २०७९, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । चुनौती चिर्दै काम बनाउन सकिने छ । आतिथ्यपूर्ण सम्मान पाइएला । व्यापार व्यवसायमा लाभ मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ने छ सफल यात्राको योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउने छ । सम्पत्ति हराउने र साँझमा खर्च बढ्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिने छ । मनोरञ्जनमा सहभागिता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनु हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्ने छ, तर जनताको गतिलो समर्थन मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत पनि बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा पनि लिन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । आम्दानी पनि प्रशस्तै बढ्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक सभा समारोहमा भाग लिनु पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । नयाँ ज्ञान सिक्ने मौका छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दा मामिलामा विजयी भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज विभिन्न अवसरले पछ्याउने छन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७