उपनिर्वाचनका लागि आजबाट दल दर्ता : के–के चाहिन्छ कागजात ?


८ चैत्र २०७९, बुधबार
nirbachan aayog

काठमाडौं । आउँदो बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज (बुधबार) बाट दल दर्ता हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजदेखि चैत १२ गतेसम्मका लागि समय दिएको छ ।

आयोगले तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो । चितवन–२ मा हुने उपनिर्वाचनका लागि आयोगले यसअघि नै दल दर्ता गरेको थियो । तनहुँ–१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यसैगरी चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो । दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपी, विधान, नियमावली तथा घोषणा पत्रलगायत कागजात संलग्न हुनुपर्ने आयोगले जनाएको छ ।

upnirbachan dal darta abwan

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७