सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्ववियु चुनाव


८ चैत्र २०७९, बुधबार
Sudurpashchim University Central Campus1678891464 1

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज (बुधबार) स्ववियु चुनाव हुँदैछ । सुदूरपश्चिमका १० वटा आंगिक क्याम्पसमा स्ववियु नेतृत्व चयनका लागि बुधबार मतदान हुने भएको हो ।

स्ववियु चुनावको तयारी पूरा भएको र बिहान ८ बजे मतदान सुरु हुने सम्बन्धित क्याम्पसले जनाएका छन् । सुदूरपश्चिम विश्वविद्यालयमा पहिलो पटक स्ववियु चुनाव हुन लागेको हो। सुदूरपश्चिमका १५ क्याम्पसमध्ये १० क्याम्पसमा मात्रै बुधबार स्ववियु नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भए पनि आन्तरिक विवादले केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा उम्मेदवारी दर्ता हुन सकेन । केन्द्रीय क्याम्पसले अगामी २१ गते स्ववियु चुनाव गर्ने जनाएका छन् । अन्य क्याम्पसमा अझै चुनाव मिति तोकिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७