पाकिस्तानमा भूकम्पमा परी कम्तीमा १२ को मृत्यु, १७५ बढी घाइते


८ चैत्र २०७९, बुधबार
pakistan earthquake qpjN2juCUz

काठमाडौँ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १७५ जना घाइते भएका छन् ।

मंगलबार राति अफगानिस्तानको हिन्दुकुश क्षेत्र केन्द्रविन्दू बनाइ गएको भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो । बीबीसीका अनुसार हालसम्म पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको मात्रै आधिकारिक तथ्यांक बाहिर आएको छ ।

जिल्ला प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार स्वात जिल्लामा भूकम्पले सबैभन्दा बढी क्षति पुगेको छ । भूकम्पपछि गएको पहिरोका कारण स्वात जिल्लाको कलम सडक पनि अवरुद्ध भएको छ । स्वातमा आपतकाल घोषणा गरी सबै कर्मचारीलाई उद्वार र उपचारका लागि शतर्क गराइएको जिल्ला प्रहरी अधिकारी शफिउल्लाहले बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७