दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना : तीन जनाको मृत्यु

दैलेख । दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगञ्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो ।
मनकामना ग्यास बोकेको ट्रक सडकबाट अन्दाजी १५० मिटर तल खस्दा ट्रकमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी किशोर लम्सालले जानकारी दिए ।
मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेको दैलेख डीएसपी किशोर लम्सालले जानकारी दिए । मृतकको ठेगाना अहिलेसम्म खुलिनसकेको प्रहरीले जनाएको छ ।