राष्ट्रिय सभाको बैठक बस्दै, के–के छन् कार्यसूची ?


८ चैत्र २०७९, बुधबार
Samsad 2 scaled

काठमाडौँ । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने छ ।

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद्को कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८/२०७९ सभा समक्ष प्रस्तुत गर्ने, भुवनबहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्नेसम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७