विद्रोह गरी सांसद जितेका पुनले माओवादी केन्द्रमै फर्किए


८ चैत्र २०७९, बुधबार
surul pun usaT3tmQkc

दाङ । लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोजेका छन् । उनले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र रोजेको बताएका हुन् ।

पुन रुकुमपूर्वको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उनी विजयी भएका थिए । पुनले माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी पुनः माओवादी केन्द्रमै फर्किएका हुन् ।

यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र रोजेका थिए । उनले पनि गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका हुन् । पुनले गठबन्धनका उम्मेदवार कांग्रेसका अमर पुनलाई हराएका थिए । योसँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको संख्या ११ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७