नेविसंघ त्रिवि अध्यक्षको जिम्मेवारी दिइएका तीन वटा पत्र सार्वजनिक

दुजाङ भन्छन्, ‘पत्र आधिकारिक होइनन्, नक्कली हुन्’


८ चैत्र २०७९, बुधबार
dujang sherpa nsu1650350416

काठमाडौँ । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले त्रिभुवन विश्व विद्यालय समिति अध्यक्षको जिम्मेवारी तीन जनालाई दिएको खुलेको छ । चैत ७ गतेको मिति राखेर नेविसंघ शेर्पाको हस्ताक्षरसहित तीन जनालाई त्रिवि समिति अध्यक्ष तोकिएको पत्र सार्वजनिक भएको हो ।

विष्णुबहादुर बडैला, दीपकराज जोशी र गणेश भण्डारीलाई नेविसंघले अध्यक्ष मनोनीत गरिएको पत्र दिएको छ । तीनवटै पत्रको बोधार्थ त्रिवि कीर्तिपुरलाई समेत दिइएको छ । अध्यक्ष शेर्पाले केही दिनमा नेविसंघ त्रिवि समिति मिलाउने बताए । अहिले तीनै जना आधिकारिक नभएको उनको भनाइ छ ।

त्रिवि समिति अध्यक्ष मनोनीत गरिएका तीनै जनालाई तीन महिनाभित्र अधिवेशन गर्ने जिम्मेवारी पनि दिइएको उल्लेख छ ।
चैत ७ गतेको मिति र अध्यक्ष शेर्पाद्वारा हस्ताक्षरित पत्रमा तीन महिनाभित्र विश्वविद्यालय समितिको अधिवेशन सम्पन्न गर्ने गरी उनीहरुलाई अध्यक्षको जिम्मेवारी तोकिएको उल्लेख छ ।

बडैलालाई दिएको पत्रमा १०३०–०७८/८०, जोशीलाई दिएको पत्रमा १०३९–०७९/८०, भण्डारीलाई दिएको पत्रमा १०३८–०७९/८० चलानी नम्बर उल्लेख छ । त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनय (स्ववियु) निर्वाचनमा बडैला र जोशीले आधिकारिक उम्मेदवार श्यामराज ओझाविरुद्ध उम्मेदवारी दिएका हुन् ।

तर पछि ओझालाई सघाउने गरी उनीहरुले अन्तिम समयमा उम्मेदवारी निष्कृय बनाएका थिए । ओझा स्ववियु सभापतिमा निर्वाचित भएपछि अध्यक्षको जिम्मेवारी दिइएका पत्रहरु सार्वजनिक भएका हुन् । यद्यपि, अध्यक्ष शेर्पाले सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएका पत्रहरु नक्कली भएको दाबी गरेका छन् ।

‘स्ववियु निर्वाचनको मुखमा माहोल भड्काउन नक्कली पत्रहरु सार्वजनिक भएको हुन्,’ उनले भने, ‘ती हस्ताक्षरसहित आएका पत्रहरु आधिकारिक होइनन् ।’
सार्वजनिक तीन वटा पत्र

du
du1
du2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७