पर्वतमा चितुवा आतंक : घरभित्रै पस्यो, नियन्त्रणको प्रयास गरिंदै


८ चैत्र २०७९, बुधबार
chituwa parbat1 RV5QAKJmoY

कुश्मा । पर्वत सदरमुकाम कुश्मा बजारको भण्डारी टोलमा चितुवाले आतंक फैलाएको छ । आज (बुधबार) बिहानै बस्तीमा छिरेको चितुवा स्थानीयको घरभित्र पसेपछि आतंक मच्चिएको हो । नेपाली कांग्रेस पार्टी कार्यालय अघिको तरकारी टनेलभित्र देखिएको चितुवा नजिकै रहेको ओमबहादुर रेग्मीको घरमा पसेको छ ।

अहिले उक्त ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । डिभिजन वन कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले चितुवा नियन्त्रणको प्रयास गरिरहेका छन् । घरभित्र चितुवा पसेपछि घरमा रहेका रेग्मीका परिवार तथा चितुवा हेर्न आएका छिमेकीहरू समेत सबै जना कोठाभित्र ढोका थुनेर बसिरहेका छन् ।

चितुवा नियन्त्रणका लागि पोखराबाट विज्ञको टोली बोलाइएको र उनीहरु आएपछि नियन्त्रणमा लिइने डिभिजन वन अधिकृत विष्णु अधिकारीले जानाकारी दिएका छन् । चितुवाले वन अधिकृत अधिकारीलाई समेत आक्रमण गरेको छ । उनको घुँडामा सामान्य चोट लागेको छ । अहिले बजारबासीको चितुवा हेर्नका लागि भीड लागेको छ । चितुवा पसेको घर वरपरका बासिन्दाहरू त्रसित बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७