एकै दिन दुई हजार घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) एकै दिन सुनको भाउ प्रतितोला दुई हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ८ सयमा कारोबार भएको थियो । यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ । चाँदी भने प्रतितोला ५ रुपैयाँ घटेर १३३५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने गत माघ १९ गते प्रतितोला १,४५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।