अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षामा समेट्ने योजना छ : प्रधानमन्त्री


८ चैत्र २०७९, बुधबार
samajaik

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षामा समेट्ने योजना रहेको बताएका छन् ।

वैदेशिक रोजगारमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको सुरुवात गर्दै प्रधानमन्त्री प्रचण्डले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्ने योजना रहेको बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘अनौपचारिक क्षेत्रका नागरिक पनि सामाजिक सुरक्षामा समेटिने छन् । ६० प्रतिशत जनसंख्यालाई सामाजिक सुरक्षामा समेटिने योजना छ । हामीलाई विश्वास छ, करिब ४० लाखमाथि वैदेशिक रोजगारमा रहेका श्रमिक तथा व्यक्तिहरू यो योजनामा आउनु हुनेछ ।’

संविधानको सफल कार्यान्वयन गर्दै आर्थिक विकास र समृद्धि अहिलेको आवश्यकता रहेको बताएका छन् । उनले भने, ‘देशका उत्पादनशिल जनशक्ति विदेशीरहेको छ । जुझारु जनशक्तिलाई देश विकासमा लगाउनुपर्ने चुनौति छ । देशको अर्थतन्त्रलाई विदेशमा श्रम गरिरहेका नेपालीहरुले योगदान पुर्‍याउनु भएको छ ।’ प्रधानमन्त्री प्रचण्डले करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षामा समेट्ने सरकारको योजना रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७